नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट उपलब्ध गराउने भए । Hello Life 0 अर्थ, मुख्य खबर, समाचार 10:01:00 PM काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ ।राष्ट्र बैंकको कार्यालयबाट सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्नेछन् । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले भने सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउनेछन् ।राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयसहित देशका विभिन्न ७ वटा शाखाबाट नयाँ नोट प्रदान गर्ने सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।नयाँ नोट साट्न पाउने व्यवस्थालाई सरल गर्न यस पटक कुपनको व्यवस्था गरिएको उनले बताए ।यस्तै असहाय व्यक्तिका लागि छुट्टै व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।यस वर्ष साना दरका ६ देखि ८ अर्ब नयाँ नोट साटिने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंक कार्यालयबाट २१ गतेसम्म नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ ।यस वर्ष एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने सक्नेछन् । गत वर्ष सर्वसाधारणले प्रति व्यक्ति २२ हजारका दरले नयाँ नोट प्राप्त गरेका थिए ।पाँच देखि १०० रुपैयाँसम्मका दुई–दुई बिटाका दरले नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।Source - Imagekhabar नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट उपलब्ध गराउने भए । काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकको कार्यालयबा... Read more »